स्याङ्जा । बुटवल पावर कम्पनी (विपिसी) ले गल्याङ नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
विपिसी आँधिखोला जलविद्युत केन्द्र, गल्याङका प्रमुख डोल खरेलले करीब सात लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नगरपालिका प्रमुख एवं अस्पतालका अध्यक्ष भूपराज अधिकारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
नगरप्रमुख अधिकारीले कोरोना महामारीका समयमा विपिसीले विरामीको उपचारमा प्रयोग हुने महत्वपूर्ण सहयोग गरेको बताए ।
आँधीखोला जलविद्युत केन्द्र गल्याङका प्रमुख डोल खरेलले अस्पतालसँग समन्वय गरी अत्यावश्यक सामग्री सहयोग गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया