बच्चाहरूलाई बाहिरी खाना खाने बानी कसरी छुटाउने (भिडियो सहित) 

लोकपथ
403
Shares

बालबालिकाले आफ्नो घरमा बनाएको खानेकुरा मिठो मानेर खाँदैनन् भन्ने गुनासो अहिले अधिकांश अभिभावकहरूको हुने गरेको छ । सबै आमा–बाबुको गुनासो भनेकै ‘मेरो बच्चाले घरमा खाना नै खाँदैन’ भन्ने ।

आखिर बच्चाहरूले घरमा बनाएको खाना खान किन रुचि देखाउँदैन ? घरमा बनाएको भन्दा बाहिर बनाएको खानेकुरा खान पाएमा उनीहरू दङ्ग पर्छन् ? यो दुई प्रश्नको उत्तर नपाउँदा धेरै अभिभावकहरू रनभुल्लमा पर्ने गरेका छन् । अझ सहरी क्षेत्रको बालबालिकाको खानपिन शैली ग्रामीण क्षेत्रका बालबालिका भन्दा धेरै फरक रहेको छ । सहरी क्षेत्रका बालबालिकाको आकर्षण अहिले फाष्टफुडमा देखिन थालेको छ । यसरी बाहिर बनाएका फाष्टफुडको सेवनले उनीहरूमा मोटोपन र अन्य विभिन्न किसिमका समस्याहरू देखा परिरहेको छ ।

बालबालिकालाई घरमै बनाएको खानेकुरा कसरी खुवाउने, उनीहरूलाई घरमा बनाएको कस्तो किसिमको खानेकुरा खान मन पर्छ, उनीहरूलाई अभिभावकले नै खाएको खानेकुरा खाने बानी कसरी बसाल्ने भन्ने विभिन्न जिज्ञासाहरू अभिभावकको सधैँ रहने गर्छ । यस्तै किसिमको समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा न्यूट्रिसन केयरका निर्देशक एवं डाइटिसियन अनुश्री आचार्यले दिएको उपयोगी जानकारी रहेको भिडियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?