२०७८,असार,४,शुक्रवार

बेलायतमा दुई महिना यताकै सवैभन्दा धेरै सङ्क्रमित फेला


काठमाडौँ- बेलायतमा दुई महिना यताकै सवैभन्दा धेरै कोरोनाका सङ्क्रमित भेटिएका छन् । यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा यहाँ शुक्रबार दुई महिना यताकै धेरै सङ्क्रमित भेटिएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

शुक्रवार यहाँ ६ हजार २३८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा करिब दुई महिना यताकै धेरै हो । यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४५ लाखभन्दा बढी सङ्क्रमित भेटिएका पाइएको छ ।

यहाँ कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २७ हजार जनाको ज्यान गएको पनि पाइएको छ । अधिकारीहरुले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितहरुको संख्या बढ्न थालेको बताएका छन्।

प्रकाशित मिति: २०७८,जेष्ठ,२२,शनिवार १८:५७


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लुकासा । अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बिहीवार निधन भएको

काबुल । अफगान सेनाले गरेको कारवाहीमा राजधानी काबुल नजिक दश जना तालिबानी लडाकू मारिएका छन् । अफगान सेनाले कारवाहीमा अरु

बेइजिङ । चीनमा बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा

काठमाडौं । इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रवार बिहानैदेखि मतदान शुरु भएको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको