११ चैत्र २०७९, शनिवार

भारतको कोठीबाट किशोरी र बालिकाको उद्धार

२०७४,आश्विन,२१,शनिवार ०७:०३

0
Shares

रत्ननगर, चितवन, २१ असोज ।मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ ।भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिइन ।भारतको दिल्लीस्थित एक कोठीबाट उद्धार गरिएकी उनलाई भारतस्थित नेपाली दूतावाससँगको समन्वयमा आज चितवन ल्याइने घिमिरेले जानकारी दिइन ।यस्तै भारतको मुम्बइस्थित अर्काे कोठीबाट तीन बालिकाको समेत उद्धार गरिएको केआइ नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए । उद्धार गरिएका बालिकालाई अहिले मुम्बइको एक गैरसरकारी संस्थामा पुनःस्थापना गरिएको छ । उनीहरुको ठाउँ ठेगाना भने खुल्न सकेको छैन ।सीमा क्षेत्रमा बढी निगरानी गर्दै आएको उक्त संस्थाले गएको एक वर्षमा नेपालका विभिन्न सीमा नाकाबाट झण्डै ६० जनालाई बेचिनबाट रोकेको जनाएको छ ।चितवन जिल्लामा भने संस्थाले पुनःस्थापना केन्द्र नै सञ्चालन गरेको छ । पुनःस्थापनाको क्रममा रहेका चार जनाले औपचारिक शिक्षा लिइरहेको केआइ नेपाल चितवनले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार ०७:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । नेपाल कमर्श क्याम्पसमा आज (शनिबार) हुने भनिएको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पसले एक सूचना जारी गर्दै

पाल्पा । पाल्पामा नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ परेका छन् । तिनाउ गाउँपालिका-३ झुम्साबाट नियन्त्रित लागूऔषध नुर्फिन ५० एम्पुल, डाइजेपाम

बैतडी । बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को खोपारा लेक पर्यटकीयस्थलका रूपमा विकास भएको छ । कुनै समय यहाँ भैँसीका गोठ थिए

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११