७ जना मिलेर एउटा मोटरसाइकल चोरेपछि…

लोकपथ
511
Shares

मोरङ। प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईटहरी १३ का २८ वर्षीय राजेश मेहता, ईटहरी २० का ३८ वर्षीय बलराम गुरूङ, ईटहरी २ का ३९ वर्षीय सुवास लिम्बु, ईटहरी ३ का ३० वर्षीय मचिन राई, ईटहरी ४ का २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय मनोज परियार रहेका छन् ।

गत जेष्ठ १२ गते राती मोरङको सुन्दरहरैचा ४ बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र-१-०५-००१ प-००६१ नम्बरको रातो कलरको २०० सिसिको NS मोटरसाईकल घरबाटै चोरी भए पश्चात ईलाका प्रहरी कार्यालय बेलबारीबाट सुक्ष्म रुपमा अनुसन्धान तथा खोजतलास थालेको थियो ।

खोजतालसको क्रममा प्रहरीले गत जेष्ठ २१ गते चोरी भएको मोटरसाईकल राजेश मेहताको घरबाट फेला पारी मेहता सहित मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

मेहता पक्राउ परे पश्चात चोरीमा संलग्न बाकी ६ जना आ(आफ्नै घरबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?