राजेन्द्र महतोको अभिव्यक्तिले दुखित र ओलीको मौनताले चकित छु : वामदेव गौतम

लोकपथ
77
Shares

काठमाडौं । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भइ उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका राजेन्द्र महतो कार्यभार सम्हालेदेखिबाटै विवादित बनेका छन् ।

सपथ ग्रहण लगत्तै कार्यभार सम्हाल्न सिंहदरबार पुगेका मन्त्री महतोले आफूले आफ्ना मागसहित बहुराज्यको लागि आन्दोलन चलाउछु भन्ने भनाइले उनी विवादमा परेका हुन् ।

यसैक्रममा एमाले नेता वामदेव गौतमले महतोले संविधानको मर्म र भावना विपरित काम नगर्ने सपथ लिएको केहि समयमा नै त्यस किसिमको अभिव्यक्ति दिनुले आफूलाई दुख लागेको बताएका छन् ।

नेपालको संविधानमै नेपाल विभिन्न विशेषता भएको राज्य लेखिएको कारण महतोले भनेझै बहुल राज्य बन्न नसक्ने समेत बताएका छन् ।

‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन ।’ उनले भने ।

यसैगरी नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुन कसैले पनि स्वीकार गर्न नसक्ने र सबै नेपालीले त्यसलाई विरोध गर्नुपर्ने बताए । साथै प्रधानमन्त्री केपी शर्मा ओली महतोको अभिव्यक्तिमा अनविज्ञता प्रकट गरेको प्रति आपत्ति समेत जनाएका छन् ।

‘नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के।पी।ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’ नेता गौतमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?