भारतमा दैनिक घट्दै कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५२९ जनामा संक्रमण

लोकपथ
105
Shares

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ ।

पछिल्ला केही दिनदेखि दैनिक संक्रमितहरुको संख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको पाइएको हो ।

सरकारी अधिकारीहरुले शनिवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख २० हजार ५२९ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

यो संख्या अघिल्लो दिन शुक्रवारको भन्दा ११ हजार ८३५ जना कम भएको तथ्याङ्कमा देखिएको छ ।

भारतमा शुक्रवार एक लाख ३२ हजार ३६४ जना कोरोनाभाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको थियो ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म दुइ करोड ८६ लाख ९४ हजार ८७९ जना संक्रमित भएका छन् ।

अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने १५ लाख ५५ हजार २४८ रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण तीन हजार ३८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या तीन लाख ४४ हजार ८२ पुगेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि गत २४ घण्टामा एक लाख ९७ हजार ४९४ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल संख्या भने दुई करोड ६७ लाख ९५ लाख ५४९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

कुल संक्रमितमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?