व्यापारिक सोच भएकी एयरहोस्टेस

एलिसा अधिकारी पेसाले एयरहोस्टेस हुन् । क्याबिन क्रुको रूपमा उनी श्री एयरलाइन्समा सन् २०१९ देखि कार्यरत छिन् । सन् २०१८ मा आयोजना भएको मिस नेपालको २४ औँ संस्करणमा अधिकारीले आफूलाई फाइनलिष्टको रूपमा प्रस्तुत गर्न सफल भएकी थिइन् ।

अमेरिकामा स्थापना भएको आरएनआर ग्रुपको ब्रान्ड एम्बेसडर समेत रहेकी अधिकारी बिजनेस म्यानेजमेन्टकी विद्यार्थी पनि हुन् । नेपालमा हुने विभिन्न फेसन सोमा मोडल र सौन्दर्य प्रतियोगितामा जजको भूमिका निभाउँदै आएकी छिन् । बिजनेस म्यानेजमेन्टको अध्ययन गरेको कारण उनलाई भविष्यमा आफ्नै केही व्यवसाय गर्ने सोच रहेको छ । अधिकारी भन्छिन्– मलाई नेपालमै फेसन वा कुनै उत्पादन मूलक व्यवसायमा हात हालौँ भन्ने छ ।

तस्विरहरूः महेश प्रधान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?