माई स्न्याक्स एण्ड फुड्स प्रालिमा आगलागी

RSS
42
Shares

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा तीन लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय माई स्न्याक्स एण्ड फुड्स प्रालिमा भएको आगलागीमा तीन लाख ५० हजार बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?