काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अध्ययन समिति गठन गरेका छन् ।
मन्त्री अरगरियाले पदबहाली ग्रहणपछि पहिलो निर्णय गर्दै जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न समिति गठन गरेका हुन् । उनले पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा समिति गठन गरेका हुन् ।
समितिले आवश्यक अध्ययन गरी प्रतिवेदन पेश गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया