दश किलोको घिरौँला

फलेवास, पर्वत, २१ असोज ।फलेवास नगरपालिका– ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाकोे घिरौँला फलेको छ ।साधारणतया एउटा घिरौँला एकदेखि डेढ किलोसम्मको हुने गर्छ । पौडेलले भने, “२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौँला अहिलेसम्म फलेको थिएन ।”घिरौँला तीन हात लामो छ । जेठमा रोपिएको घिरौँला अरु पनि यस्तै ठूला ठूला आकारमा फलेकाछन् । उनले सो घिरौँला बीउको प्रयोजनका लागि बचाइराखेको बताए । अस्वाभाविक ठूलो घिरौँला फलेपछि उनको बारीमा हेर्न आउनेहरुको भीड लाग्न थालेको छ । मलिलो जग्गाका कारण घिरौँला हौसिएर बढेको कृषि प्राविधिकले बताएका छन् ।कृषि प्राविधिक आनन्दप्रसाद पौडेलले भने, “मलिलो जग्गा, नियमित गोडमेल र सिँचाइको प्रबन्धका कारण उत्पादन राम्रो भएको हुन सक्छ ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?