काठमाडौं । नेकपा(एमाले)का नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिले राम्रो संकेत नगरेको भन्दै उनको अभिव्यक्तिमा लगाम लगाउन प्रधानमन्त्री समक्ष माग गरेका छन् ।
उपप्रधानमन्त्री महतोले पहिलो र दोश्रो संविधानसभामा असान्दर्भिक भइसकेको बहु राष्ट्रिय राज्यको बहस उठाएर देशलाई द्वन्द्व तिर फर्काउने अभिब्यक्ति दिएको भन्दै नेता भट्टराईले यस्तो अभिव्यक्तिप्रति लगाम लगाउन माग गरेका हुन् । ‘पहिलो र दोश्रो संबिधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन ।’ उनले भनेका छन्, ‘देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु ।’
भट्टराईले विविधतामा आधारित नेपाली राष्ट्रियता नै साझा राष्ट्रियता हो भन्दै संविधानको धारा ३ ले गरेको राष्ट्रको परिभाषा पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ’संबिधानको धारा ३ ले राष्ट्रको परिभासा यसरी गरेको छ – बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायु भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । अर्थात बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया