काठमाडौं । जसपाको महन्थ ठाकुर – राजेन्द्र महतो पक्ष सरकारमा लए लगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो भन्ने प्रश्न गरेका छन् ।
डा. भट्टराईले अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम भए भन्ने प्रश्न पनि गरेका छन् । उनले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल जोडिएको र दुबैको मुकुण्डो उत्रिएको बताएका छन् ।
उनले ट्वीट गरेका छन्, ‘यक्ष प्रश्न – संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया