काठमाडौं । शुक्रवार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।
माओवादीबाट एमालेमा आएका मन्त्रीहरुको पद गुमेपछि रिक्त मन्त्रालयको जिम्मेवारी जनता समाजवादी पार्टीका नेताहरुलाई दिएका छन् । भने अन्य मन्त्रालयको जिम्मेवारी समेत फेरेका छन् । जसअनुसार पुरानो मन्त्रीमण्डलमा रहेका एमालेका ४ मन्त्रीहरु बाहेक अन्य ३ मन्त्रीहरुको समेत जिम्मेवारी खोसिएको छ ।
त्यस्तै रिक्त रहेका रक्षा, गृह, सञ्चार, पर्यटन, कृषी, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन् । भने विष्णुपौडेललाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै प्रदिपकुमार ज्ञवालीलाई हटाउँदै रघुवीर महासेठलाई उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन् । भने जसपाबाट सरकारमा सामेल भएका राजेन्द्र महतोलाई उप्रधानसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया