काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुको सीप परीक्षण गर्नका लागि भन्दै आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने बताएका छन् ।
सञ्चारमन्त्री गुरुङले शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पत्रकारहरुको दक्षता, क्षमता अभिवृद्धि तथा सीप परिक्षण गर्नका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन हुने बताएका हुन् । यसको निम्ति आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको पनि उनले बताए । उनले भने– ‘पत्रकारहरुको दक्षता, व्यक्तित्व र क्षमता अभिवृद्धि र पत्रकारहरुको सिप परिक्षणका लागि आगामी वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गरिनेछ । कुनैपनि सेवा क्षेत्रमा प्रवेश गर्नको लागि आधारभुत दक्षता, परिक्षण र उर्तिणको जरुरी भएजस्तै पत्रकारिता क्षेत्रमा प्रवेश गर्नका लागि पनि सरकारी मान्यताको प्रशिक्षण केन्द्र स्थापना आम सञ्चार प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश २०७८ लाई अर्थ मन्त्रालयमा पठाइसकिएको छ । यस क्षेत्रको विज्ञहरुको राय, सल्लाह बमोजिम आमसञ्चार प्रशिक्षण प्रतिष्ठान केन्द्रको मर्यादित निकाय बनाउन पहलकदमी भएको छ ।’
मन्त्री गुरुङले यसका निम्ति सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल बनाएर काम समेत अगाडी बढाइसकिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया