बजेट कार्यान्वयनका लागि कार्यदल गठन

लोकपथ
49
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि कार्यदल गठन गरेको छ ।

सरकारले निजी क्षेत्रसँग सम्बन्धित योजना तथा कार्यक्रमको कार्यान्वयन गर्न कार्यदल गठन गरेको हो । सरकारले अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईको संयोजकत्वमा सो कार्यदल गठन गरेको छ । कुन–कुन क्षेत्रका कस्ता योजना बजेटमा छन् र स्टेक होल्डर को हो भनेर क्षेत्रगत रुपमा पहिचान भएपछि निजी क्षेत्रसँग सहकार्य गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विषयगत रुपमा योजना तथा कार्यक्रम पहिचान गर्ने तथा त्यसपछि योजनासँग सम्बन्धित निजी क्षेत्रका संघ–संगठन तथा प्रतिनिधिहरुलाई समावेश गरी बजेट कार्यान्वयन गर्ने भएको छ । अअहिले मन्त्रालयका सहसचिवले कार्यान्वयन खाका बनाउनँउने जिम्मा दिइएको छ ।

सरकारले चालु आर्थिक वर्षभित्रै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन पूर्वतयारी सक्न पनि सबै मन्त्रालय र निकायहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका अनुसार आगामी असार मसान्तभित्रै कार्यविधिहरु बनाइसकिनेछ । त्यस्तै,अन्तर मन्त्रालय समन्वय गर्नुपर्ने विषय टुंगाइसक्ने तथा ठेक्कापट्टा प्रक्रियाका कागजातहरु तयार पार्ने लागयतका काम सक्न समेत अर्थमन्त्रालयले सबै मन्त्रालयलाई परिपत्र गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?