मेलम्चीको पानी चुहावट नियन्त्रणका लागि सरकारले छुट्ट्यायो १३ करोड

लोकपथ
6.3k
Shares

काठमाडौं । सरकारले मेलम्चीको खानेपानी वितरणमा चुहावट भएका पाइपलाइन मर्मत गर्नका लागि बजेट निकासा गरेको छ ।

बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मेलम्चीको पाइपलाइन मर्मतका लागि १३ लाख निकासा गर्ने निर्णय गरेको हो ।

शुक्रवार (आज) सञ्चार एवम् सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पानी चुहावट नियन्त्रणका लागि साथै पाइप मर्मतका लागि सो रकम निकासा गरिएको जानकारी दिए ।

आज पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले सरकारले खानेपानी मन्त्रालयको प्रस्तावनमा सो रकम विनियोजन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?