कोरोना : थप १ सय १ जनाले गुमाए ज्यान

लोकपथ
245
Shares

काठमाडौं । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १ सय १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ७ हजार ७ सय ३१ जनाले ज्यान गुमाएका स्वास्थय तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ८ सय १३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४ हजार ६ सय २४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा थप थप ८ हजार ६ सय ६३ जना कोेरोना संक्रमण मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?