१५ दिनदेखि हराएका बालकको अझै लागेन पत्तो

RSS
91
Shares

काठमाडौं । विगत १५ दिनदेखि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकास्थित सखुवाटोलबाट हराएका एक बालक अझै भेटिएका छैनन् ।

हनुमाननगर कङ्कालनी–११ बस्ने जयनारायण यादवका १३ वर्षीय छोरा रवि बेपत्ता भएका हुन् । गोजीबाट पैसा निकालेपछि जयनारायणले छोरा रविलाई गाली गर्दा रिसाएर उनी घरबाट निस्किएका थिए ।

पारिवारिक स्रोतका अनुसार यही जेठ ७ गतेका दिन रवि घरबाट बाहिर निस्किएका भए पनि अहिलेसम्म घर नपुगेको जनाइएको छ ।

हराएको १५ दिनसम्म पनि छोरा सम्पर्कमा नआएपछि बुबा जयनारायणले खोजीका लागि इलाका प्रहरी कार्यालाय हनुमाननगर र जिल्ला प्रहरी कार्यालयमा लिखित जानकारी दिँदासमेत हालसम्म ती बालक खोजी गर्न नसकिएको बेपत्ता रविका मामा नवीन यादवले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?