नागरिकता सम्बन्धी अध्यादेशको मुद्दा ‘हेर्दाहेर्दै’मा

लोकपथ
133
Shares

काठमाडौं । सरकारले ल्याएको नागरिक सम्बन्धी अध्यादेशका विरुद्ध परेको रिटको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका वरिष्ठ न्यायाधीशहरुको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासले उक्त आजबाट सुनुवाइ शुरु गरेको हो ।

आगामी जेठ २७ गते पुनः सुनुवाइ गर्नेगरि उक्त रिटलाई हेर्दा हेर्दैमा राखिएको हो ।

उक्त अध्यादेशविरुद्ध सर्वोच्चमा ६ वटा रिट परेका छन् । आज उक्त मुद्दामा ४ जना निवेदकका तर्फबाट बहस भएको छ ।

प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई इजलासमा राखेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ९ गते सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरेकी थिइन् । रिट निवेदकहरुले भने उक्त अध्यादेश संविधानसँग समेत बाझिएको भन्दै खारेजीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?