काठमाडौं । गत मे ६ तारिखमा अफ्रिकी मुलुक मालीकी पच्चीस वर्षीया हालिमा सिस्सेले एकै पटक ९ जना बच्चालाई जन्म दिएकी थिइन् । ९ जना बच्चालाई एकै पटक जन्म दिएको घटना सारा विश्वभर चर्चामा रह्यो । जन्मिएका बच्चाहरुमा पाँच बालिका र चार बालक रहेका छन् ।

जन्मिदा शिशुहरुको तौल ५०० ग्रामदेखि एक किलोग्राम सम्मका रहेको थियो । तीस हप्ताको गर्भपछि यी शिशुहरु अपरिपक्व अवस्थामा जन्मिएका थिए । धेरै रगत बगेर आमाको स्वास्थ्यमा जोखिम देखिन थालेपछि चिकित्सकहरुले सिजेरियन विधिबाट बच्चाहरुलाई निकालेका थिए ।

उनको डेलिभरीमा समस्या भएका कारण उनलाई मोरोक्कोमा उपचार गराउन सरकारले विशेष व्यवस्था मिलाएको थियो । जन्मिएका बच्चाहरुको स्वास्थय अवस्था पनि गम्भिर थियो । तर अहिले बच्चाहरुको स्वास्थ्यमा धेरै सुधार आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बच्चाहरु अहिलेसम्म पनि अस्पतालमै रहेका छन् । सञ्चार माध्यम एएफपीका अनुसार जन्म भएका ९ जना बच्चालाई अझै २ महिना अस्पतालमै अभलोकनमै खाख्नु पर्ने हुन्छ ।
बच्चाहरुले अहिले कुनै उपकरण बिनै सास फेरिरहेका छन् । पहिलो दिनहरुमा उनीहरुलाई मेडिकल उपकरणको सहयोगमा सास फेरेका थिए ।

उक्त डेलिभरीका लागि १० जना डक्टर र २५ जना नर्सहरुको टोली खटिएका थिए ।
कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवत यो विश्वकै पहिलो घटना हो । गिनिस बुक अफ वल्र्ड रेकर्ड्समा कुनै पनि आमाले ८ जनासम्म जीवित सन्तान जन्माएको पाइएको छ । सन् २००९ मा अमेरिकी आमा नादया सुलेमानले आठ बच्चालाई जन्म दिएकी थिइन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया