आज पनि नेपाल पक्षको भर्चुअल बैठकको निरन्तरता

लोकपथ
49
Shares

काठमाडौं । बिहीवारबाट शुरु भएको नेकपा एमाले माधवकुमार नेपालप् पक्षको भर्चुअल बैठक आज पनि शुरु भएको छ ।

पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि बोलाइएको बैठक केहिबेर अघिबाट शुरु भएको एक नेताले लोकपथलाई जानकारी दिए ।

बिहीवार (हिजो) बसेको बैठकमा सबै केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखेको थिए । आजको बैठकमा बाँकी रहेका नेताहरु र नेता नेपालले आफ्नो धारणा राखेर बैठक टुङ्ग्याउने तयारी रहेको ती नेताले जानकारी दिए ।

हिजोको भेलामा कतिपय केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसकिने तर्क व्यक्त गरेका थिए । पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला दोस्रो तहका नेताहरु भने विवाद समाधानका लागि छलफलमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?