स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्नेगरी अध्यादेश ल्याउने सरकारको निर्णय

लोकपथ
59.2k
Shares

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेमाथि कडा कारबाही गर्नेगरी अध्यादेश ल्याउने सरकारले निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अध्यादेशमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको व्यवस्था गरिएको जनाईएको छ ।

पछिल्लो समय स्वास्थ्यकर्मीमाथि हातपातको घटना बढ्न थालेपछि सरकारले अध्यादेश ल्याउने निर्णय गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?