काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
अमेरिकाले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्ने घोषणा गरेको भएपनि कति मात्रा सहयोग गर्ने भन्ने हालसम्म खुलेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध गराउने अमेरिकी निर्णयको स्वागत गरेका छन् । अमेरिकाको यस निर्णयले नेपाल र अमेरिकाको मित्रताको मजबुतीलाई पुष्टि गर्ने उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया