जसपा अध्यक्ष यादवले निर्वाचन आयोगलाई जवाफ पठाए

लोकपथ
203
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् ।

अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठकबाट अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्काशन गरेर निर्वाचन आयोगमा पत्र पठाएका थिए । आयोगले सो निर्णय पठाउन नमिलेको भन्दै राजनीतिक दल सम्बन्धी ऐनमा रहेको अनुसूची अनुसार पत्र पठाउन भनेको थियो ।

आयोगले भने अनुरुपको पत्र यादवले निर्वाचन आयोगमा पठाएका यादव निकट एक नेताले जानकारी दिए ।

निर्वाचन आयोगले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरलाई पनि पत्र पठाएको थियो । ठाकुरले हालसम्म जवाफ दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?