सांसद आचार्यद्वारा दुई अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण

लोकपथ
28
Shares

काठमाडौं । रसुवाबाट प्रतिनिधित्व गर्ने विघटित प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले जिल्लाका विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

सांसद आचार्यको व्यक्तिगत पहलमा रसुवाको दुई अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

जिल्लामा कोरोना संक्रमणको जोखिम बढेसँगै सांसद पाण्डेले धुन्चे अस्पताल र जिबजिबे ग्रामिण अस्पताललाई १६ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । सांसद आचार्यले दुई अस्पताललाई ४ वटा मिनि भेन्टिलेटर, ३० वटा अक्सिजन, ५ वटा बेड र तीन हजार थान मास्क उपलब्ध गराएका हुन् ।

एक बिहीवार (आज) एक कार्यक्रमकाबीच सांसद आचार्यले जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाल मार्फत उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

यसअघि पनि सांसद आचार्यले जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । कोरोना महामारीको दोस्रो लहरमा मात्रै नभएर पहिलो लहरमा समेत सांसद आचार्यले जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि व्यक्तिगत पहलमा ठूलो सहयोग पुर्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?