स्वास्थ्य सामाग्री हस्तान्तरण, सिसडोल बासीलाई राहत

लोकपथ
182
Shares

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकास्थित डम्पिङ साइटमा नजिक रहेको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

ककनी गाउँपालिका वडा नं २ नेपाली कांग्रेसका सभापति राजन न्यौपानेको सक्रियतामा बोधीसत्व बिहार तथा एन्जिलिना शिवशक्ति ट्रष्टको सहकार्यमा उपलब्ध उक्त सामाग्रीहरु उपलब्ध गराइएको हो ।

स्वास्थ्यचौकिलाई ६ लाख बराबरको भएको ट्रष्टले जनाएको छ ।

स्वास्थ्यचौकीलाई २ थान अक्सिजन कन्सन्ट्रेट मेसिन ,माक्स, पीपीई, पन्जा, सेनीटाइजर र औषधीहरु स्वास्थ्य चौकीका प्रमुख प्रशुराम अर्याल र रेखा श्रेष्ठलाई जनप्रतिनिधी ठाकुर घिमिरे र अन्य राजनीतिकमी, सुरक्षाकर्मी तथा समाजसेवीहरुको रोहोवरमा हस्तान्तरण गरिएको हो ।

सिसडोल बासीहरुमा फोहोरको दुर्गन्धले विभिन्न रोगको चपेटामा परिरहेका बेला कोरोनाको दोस्रो भेरियन्टले झनै भयवित भइरहेका छन्।

काठमाडौंबाट अत्यन्त नजिक १८ किलो मिटर दुरीमा रहेको सिसडोल डम्पिङ साइटमा व्यवस्थित रुपमा माहानगरले फोरमैला डम्पिङ नगरिदिँदा त्यँहाका नागरिकको जीवन सुरक्षा समेत खतरा छ ।

त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म सिसडोलमा ४ जनाको निधन भइसेको छ भने १४ जनामा संक्रमण पुष्टि भएको छ ।

गाउँमा त्रासमय अवस्था रहेको बेला उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले राहत दिने न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?