हेर्नुहोस् आजको टप १५ हेडलाइन्स्

लोकपथ
98
Shares

१. नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार ९ सय ४ जना संक्रमणमुक्त, थप ७५ जनाको मृत्यु

२. दुई पटक सारेर आजका लागि बोलाईएको एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित, पार्टी एकताको लागि अन्तिम अवस्थासम्म छलफल गरिने नेताहरुको प्रतिक्रिया

३. आफूहरु पार्टी एकताको पक्षमा रहेको नेपाल पक्षको बैठकमा सहभागि नेताहरुको भनाई, पार्टी विवाद समाधानका लागि ओली पक्षसँग वार्ता गरिरहेका नेताहरुद्वारा नेपाल खनाललाई ब्रिफिङ

४. सुरुङमार्गको परीक्षण कार्यविधि पूरा गर्न भन्दै काठमाडौंमा वितरण भइरहेको मेलम्चीको पानी असार १ गतेबाट बन्द गरिने, उद्घाटन गर्ने हतारोले फेरि रोक्नुपरेको भन्दै सरकारको आलोचना

५. सुभेच्छा राख्नेलाई धन्यवाद दिँदै कोरोनाबाट जोगिन पूर्वराजा ज्ञानेन्द्रको सन्देश, कोरोना रोकथाम तथा नियन्त्रणको अग्रपंक्तिमा काम गर्नेहरुप्रति धन्यवाद व्यक्त

६. विश्वव्यापी रुपमा बढ्दो वातावरण प्रदूषण र जलवायु प्रभावका कारण प्राणी र वनस्पती जगतका लागि आगामी दिन अझ कठिन बन्दै जाने, इन्धनको खपत र प्राकृतिक स्रोत साधनको अधिक दोहनले चौतर्फि प्रभाव

७. लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको सरकारी प्रयोगशालामा निशुल्क कोरोना परीक्षण हुने भएकोले कोरोना जाँच गराउन स्वास्थ्य मन्त्रालयको आग्रह, परीक्षणको दायरालाई अझै विस्तार गरिने भनाई

८. राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सांसद लगायत सम्पूर्ण जिम्मेवारीबाट हटायो, भन्छन्, कांग्रेसको सरकार बनाउन मन नै मानेन, गाउँ फर्केर खेति किसानी गर्छु

९. सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको म्यूकोमाइकोसिस अर्थात् कालो ढुसी सङ्क्रमणबाट मृत्यु, ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पतालको भनाई

१०. कोरोना संक्रमणबाट उदयपुरको रौतामाई गाउँपालिका–७ मा एक साताभित्र एकै परिवारका दुई छोरा र आमाको मृत्यु, कोरोनाबाटै ३५ वर्षीय डा पशुपति रजौरियाको निधन

११. सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ मा आईसोलेसन सेन्टरकै तेस्रो तल्लाबाट हामफालेर कोरोना संक्रमितले गरे आत्महत्या, मनोविद् भन्छन्, संक्रमितलाई थप माया हौसला सहयोग, सद्भाव र हेरचाह गरौँ

१२. शेयर बजार कारोबार मापक परिसूचक नेप्से हालसम्मकै उच्च, बिहिबार एकै दिन १६ अर्ब ९० करोड ७० लाखको शेयर कारोबार

१३. भारतको महाराष्ट्रमा ३३ वर्षीय पुरुषद्वारा आठ वर्षीया बालिकालाई रेलको शौचालयमा बलात्कार प्रयास, प्रतिरक्षाको लागि चिच्याएपछि रेलको पट्रीमा फ्याँकिएकी बालिकाको उद्धार

१४. सीसा समेत पग्लन सक्ने तातो शुक्र ग्रहमा नासाले दुई अन्तरिक्ष मिसन सञ्चालन गर्ने, पृथ्वीसँगै भएको ग्रह आगोको गोला बनेको कारण पत्ता लगाउने

१५. विश्वकप छनोटका लागि आज नेपालले चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दै, डेब्यू खेलमै ईराकविरुद्ध गोल गरेका मनिष डाँगीमाथि सबैको नजर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?