स्वास्थ्य मन्त्रालयले भन्यो- ‘हालसम्म नेपालमा नयाँ भेरियन्ट देखा परेको छैन’

लोकपथ
91
Shares

काठमाडौं । सरकारले नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखा नपरेको जनाएको छ ।

नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट देखा परेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको समाचारबारे स्पष्ट पार्दै हालसम्म नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखा नपरेको जनाएको हो ।

विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्नभित्र परेका र विभिन्न देशहरुमा फैलिएको कोभिड-१९ को नयाँ भेरियन्टलाई ‘‘अल्फा‘‘, ‘‘डेल्टा‘‘, ‘‘गामा‘‘, ‘‘कप्पा‘‘ नाम दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय नेपालमा फैलिएको कोभिड-१९ भेरियन्टलाई ‘‘डेल्टा‘‘नाम दिइएको र त्यसबाहेक अन्य कुनै भेरियन्ट नेपालमा फेला नपरेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?