काठमाडौं । नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिले रामेछापको खाँडादेवी गाउँपालिकाका विभिन्न वडा तथा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
कोरोना महामारी जोखिम नियन्त्रणका लागि समितले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । सम्पर्क समितिले गाउँपालिकाको वडा नम्बर ३ को भीरपानी स्वास्थ्य चौकी,भलाखर्क,सामुदायिक स्वास्थ्य इकाइ भीरपानी मा स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
त्यसैगरी वडा नम्बर ४ को खाँडादेवी आधारभूत स्वास्थ्य चौकी ,भीमसेनस्थान, खँडादेवी स्वास्थ्य इकाई ,सान्ने र वडानम्बर ५ को स्वास्थ्य चौकी भोटेचौर लगायतका स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर,मास्क पीपीइ सेट,स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो । सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको विशेष पहलमा ती सामग्री वितरण गरिएको हो ।
स्वास्थ्य सामग्री वितरण कार्यक्रममा कांग्रेसका प्रदेश क्षेत्रीय कोषाध्यक्ष राजेश कुमार श्रेष्ठ र नेपाली कांग्रेस खाँडादेवी गाउँपालिका अन्तर्गत सम्बन्धित वडा इकाइका सभापतिहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया