काठमाडौं । गएको हप्तादेखि हिजो (बुधवार) सम्मको पीसीआर परिक्षण हुने दर घट्न थालेपछि सबैतिर यसबारे चासो हुन थालेको छ । बुधवार मात्र १६ हजार ८७८ वटा स्वाव नमुना परिक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण रहेको पुष्टि भएको छ । यो परिक्षणमा गएको नमुनाहरुको ३१.४९ प्रतिशत हो ।
यस्तै मृत्युको संख्या १०० जनाभन्दा माथि छ । यसरी परिक्षण गर्ने दर घट्न थालेपछि संक्रमणको जोखिममा नै निषेधाज्ञा हटाउने रणनीति लिएको हो कि भनेर शंका गर्न थालिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्ण प्रसाद पौडेललाई पीसीआर परिक्षण किन घटेको भनि प्रश्न सोधेका छौँ ।
डा.पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परिक्षण गर्न नआएको अथवा निषेधाज्ञाको कारण परिक्षण केन्द्र सम्म जान नसकेको मुख्य कारण हुनसक्ने बताए । सरकारले पीसीआर परिक्षण घटाउने नभइ बढाएको साथै एन्टीजेन परिक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया