धनगढी । कैलालीमा जारी निषेधाज्ञा लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि थप्दै आएको निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी राख्ने सिफारिस गरेपछि प्रशासनले निर्णय गरेको कार्यालयका यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरु बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म ५० प्रतिशत मात्र कर्मचारीको उपस्थितीमा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गरी सञ्चालन गर्न सकिने उनले बताए ।
यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर आइतवार, मंगलवार, बिहीवार र शनिवार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म खुला गर्न पाउने निर्णय भएको छ ।
त्यस्तै विवाह व्रतबन्धको हकमा बढीमा ७ जनासम्म सहभागी हुने, त्यसैगरी अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा बढीमा २ जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय समेत भएको सूचना अधिकारी जोशीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया