ब्राजिलमा कोरोनाबाट २४ घन्टामा २ हजार ५०० भन्दा बढीको मृत्यु

लोकपथ
112
Shares

ब्राजिल । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को संक्रमणबाट २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ । बुधवार २ हजार ५०७ जना कोरानाका संक्रमित नागरिकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ६७ हजार ७०६ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलवार मात्र पनि कोभिड–१९ को संक्रमणमा परेका दुई हजार जना भन्दा बढीको एकै दिनमा ज्यान गएको थियो ।

यहाँका अधिकारीहरुले पछिल्लो समयमा ब्राजिलमा कोरोनाका संक्रमितहरुको ज्यान जाने क्रममा उल्लेख्य मात्रामा कमी आउन नसकेको बताएका छन् । कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ६७ लाख ४१ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभ आइरहेका छन् । अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बुधवार मात्र पनि यहाँका ९५ हजार जना भन्दा बढीमा कोरोनाको संक्रमण भएको छ ।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाखभन्दा बढी नागरिकको ज्यान गएको छ । ब्राजिल कोरोना भाइरसबाट ज्यान जाने विश्वका मुलुकहरु मध्ये अमेरिकापछि दोस्रोमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?