भक्तपुरमा १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार

लोकपथ
392
Shares

काठमाडौं । भक्तपुरमा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-८ गणेश मन्दिर बस्ने ४९ वर्षीय चुलाई मुखियालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मुखियाले ती बालिकालाई २०७७ पुस ११ गते भक्तपुर नगरपालिका-१ सल्लाघारीमा यौन दुर्व्यवहार गरेको भन्ने खबर बुधवार प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?