काठमाडौं । भारतको महाराष्ट्रमा ३३ वर्षीय एक पुरुषले आठ वर्षीया बालिकालाई ट्रेनको शौचालयमा बलात्कारको प्रयास गरेका छन् ।
प्रतिरक्षाको लागि उनी चिच्याइन् तर ती पुरुषले उनलाई रेलको पट्रीमा फ्याकदिए । मंगलवार स्थानियहरुले रेलको ट्रयाकमा बच्चीलाई देखेपछि उनलाई अस्पताल लगेका थिए ।
ती आठ वर्षीया बालिका आफ्नो आमा बुबा दाइ र भाइसँग दिल्ली जान लागेकी थिइन् ।
३३ वर्षीय पुरुषले उनलाई सुतिरहेको ठाँउबाट शौचालय लगेका थिए र यौन दुर्व्यवहार गर्न थालेपछि उनी चिच्याएकी थिइन् । लगत्तै उनी चिच्याएपछि ति पुरुषले उनलाई रेलबाट तल फालेका थिए ।
उपचाारत बालिकाको अवस्था अहिले सामान्य रहेको प्रहरीले बताएका छन् । साथै घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया