दरवार हत्याकाण्डबारे बाबुरामको ट्वीटमा राजेन्द्र लिङ्देनको आपत्ति, भने- ‘तपाई भ्रममै हुनुहुँदोरहेछ’

लोकपथ
1.6k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको दरवार हत्याकाण्डको ट्वीटबारे राप्रपाका सांसद राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन् ।

जेठ १९ गते बुधवार डा भट्टराईले ट्वीट गर्दै दरवार हत्या काण्डको २० वर्ष पुग्दापनि त्यसबारे सत्यतथ्य छानविन नहुनु दुखद रहेको बताएका थिए । त्यसमा रिट्वीट गर्दै नेता लिङ्देनले आफू प्रधानमन्त्री भएको बेला त्यसबारे छानविन नगर्ने र अहिले त्यसबारे कुरा उठाएर भ्रममा रहेको बताए ।

डा. भट्टराईले उच्चस्तरीय र निष्पक्ष छानविन आयोग गठन गरी दरवार हत्याकाण्डको रहस्यलाई सदाको लागि अन्त्य गर्न आग्रह गरेका थिए ।

उनले ट्वीट गर्दै भनेका थिए- ‘राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको२०बर्ष भैसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुननसक्नु र आरोपप्रत्यारोपको शृंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्रनिम्ति शोभनीय हैन।राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानवीन आयोग गठन गरी यो रहस्य सदाकोनिम्ति अन्त्य गरौं!’

त्यसमा रिट्वीट गर्दै नेता लिङ्देनले दरवार हत्याकाण्ड भएलगत्तै डा. भट्टराईले दरवार हत्या काण्डमा ज्ञानेन्द्र नै दोषी भएको भन्ने आरोपको स्मरण गराउँदै तत्कालिन राजा ज्ञानेन्द्रमाथि अन्याय भएको बताएका छन् ।

उनले भनेका छन्- ‘दरवार हत्याकाण्ड लगत्तै हत्यारा ज्ञानेन्द्र हुन भनेर लेख्नु भएको होइन रु कत्रो भ्रम बाँड्नु भएछ रु कत्रो अन्याय भयो होला राजा ज्ञानेन्द्र माथि रु यसै बिचमा तपाईं प्रम पनि बन्नुभयो । यो बिषय उठाउनु भएनर २०बर्षपछि छानवीन आयोगको कुरा उठाउनु भएछसआखिर तपाईं पनि भ्रममै त हुनुहुँदोरहेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?