प्रेमीसँग मिलेर श्रीमानको हत्या : शवलाई टुक्रा पारेर भान्सामा गाडेकी थिइन्, यसरी खुल्यो पोल !

लोकपथ
4.5k
Shares

काठमाडौं । भारतमा अत्यन्तै क्रुर घटना सार्वजनिक भएको छ । प्रेमीसँग मिलेर २ बच्चाकी आमाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । घटना भारतको मुम्बाइको हो । २७ वर्षीया शाहिदाले आफ्नो प्रेमीसँगै मिलेर श्रीमानको हत्या गरिन र शवलाई चार टुक्रा पारेर भान्सामा गाडिन् ।

कसरी खुल्यो घटना ?

शाहिदाका श्रीमान रईस शेख एक कपडाको पसलमा काम गर्थे । उनीहरुको ६ वर्षकी छोरी र साढे २ वर्षको छोरा थिए । शाहिदाका श्रीमान रईसले शाहिदालाई उनको प्रमीसँग आपत्तती जनक अवस्थामा देखेपछि उनीहरुबीच झगडा भएको थियो । शाहिदाले चक्कुले श्रीमानको घाँटी रेटी हत्या गरेकी थिइन् ।

हत्या पछि प्रेमीसँग मिलेर शाहिदाले टुक्रा टुक्रा बनाई शव भान्सामा गाडेकी थिइन् ।

हत्या भएको दिन छोरीले सबै कुरा देखिन र शाहिदाले कसैलाई यो कुरा नभन्न धम्की दिएकी थिइन् । यदि भनिस भने तमीहरुको पनि यस्तै हालत गर्छु भने पछि उनीहरु चुपचाप बसेका थिए ।

निकै दिनसम्म पनि रईसको पत्तानलागे पछि छिमेकी प्रहरीलाई उनी हराइरहेको जानकारी गराए ।

तीन दिन पहिले रईसको भाई गाँउबाट मुम्बइ आए र ६ बर्षीया बच्चाले सबै कुरा उनलाई बताए पछि उनी प्रहरीकोमा पुगेका थिए ।

त्यसपछि घटनाको यथार्था बाहिर आएको थियो । प्रहरीले शाहिदा र उनको प्रेमीलाई पक्राउ गरेको छ । साथै प्रहरीले रईसको गाडिएको शव बरामद गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?