सीसा पनि पग्लन सक्ने तातो शुक्रग्रहमा नासाले दुई अन्तरिक्ष मिसन सञ्चालन गर्ने

लोकपथ
273
Shares

काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले शुक्रग्रहमा दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ । शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने लागिएको नासाले जनाएको छ ।

पृथ्वीको सँगै भएको छिमेकी ग्रह शुक्र किन आगोको गोला बन्यो भनेर जान्ने नासाले मिसन सञ्चालन गर्ने भएको हो ।

शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको छ।

ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट छुट्टयाइएको छ । सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन हुनेछन्।

नासाका प्रशासक बिल नेल्सनका अनुसार ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिनेछ।

नासा

सीसापनि पग्लने सतह : 

नासाले दुई मिसनका प्रस्तावहरू वैज्ञानिकहरूबाटै समीक्षा गराएर तथा तिनको वैज्ञानिक महत्त्व तथा विकास योजनाको सम्भाव्यताको आधारमा छानेको बताएको छ।

नासाका प्रमुख नेल्सनले शुक्रग्रहमा मिसन पठाउने घोषणा गरेका छन् ।

‘यी दुई मिसनहरूले शुक्रग्रह कसरी आगोको गोलाजस्तो संसार बन्न पुग्यो जहाँको सतहमै पनि सिसासमेत पग्लन्छ भनेर जान्न खोज्नेछन्,’ प्रशासक नेल्सनले बताए।

सूर्यभन्दा दोस्रो स्थानमा रहेको शुक्रग्रह सौर्यमण्डलकै सबभन्दा तातो ग्रह हो। त्यहाँको सतहको तापक्रम ५०० डिग्री सेल्सियस रहेको छ।

मिसनका विशेषता : 

डाभिन्ची प्लस नामक पहिलो मिसनले सो ग्रह कसरी बनेको र विकसित भएको भनेर हेर्नेछ। शुक्रग्रहमा कुनै समय महासागर थियो कि थिएन भनेर पनि बुझ्न खोज्नेछ।

दोस्रो मिसन भेरिटासले शुक्रग्रहको सतहको नक्साङ्कन गरेर त्यसको भौगोलिक इतिहास जान्नेछ अनि किन पृथ्वीभन्दा एकदमै भिन्न तरिकाले शुक्रग्रहको विकासक्रम अघि बढ्यो भनेर पनि उसले जान्न खोज्नेछ।

रेडारको प्रयोग गरेर त्यहाँ अझै ज्वालामुखी विस्फोट तथा भूकम्प भइरहन्छन् कि भनेर पनि हेरिने नासाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?