माधव समूहको बैठकमा सहभागी नहुन एमालेको निर्देशन

लोकपथ
140
Shares

काठमाडौं । नेकपा (एमाले) ले माधव नेपाल समूहले आज बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ ।

माधव नेपाल समुहले आज बिहान ११ बजे भर्चुअल माध्यमबाट केन्द्रीय कमिटी बैठक राख्ने तयारी गरेको छ । यसको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाडले एक प्रेस विज्ञप्ति जारी गर्दै माधव नेपाल समुहले राखेको बैठक पार्टीको वैधानिक व्यवस्था विपरित भएकाले त्यस्तो विधान विपरितको क्रियाकलापमा सहभागी नहुन निर्देशन दिइएको व्यहोरा सुचित गराएका हुन् ।

‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले)को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो क्रियाकलापको निन्दा एवम् भत्र्सना गर्दछु ।’ विज्ञप्ति मार्फत् भनिएको छ, ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानुन विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सूचित गर्दछु ।’

एमाले एकताको निम्ति दोस्रो तहका नेताहरुले निरन्तर वार्ता भइरहेको भएपनि एकताको सम्भावना कमजोर हुँदै गइरहेको नेताहरुले बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?