इलाम समाज बेलायतद्वारा गृह जिल्लालाई स्वास्थ्य सामग्री सहयोग

RSS
56
Shares

लण्डन । इलाम समाज बेलायतले आफ्नो गृह जिल्लालाई १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेके छ ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका लागि प्रत्येकलाई दुई/दुई थान अक्सिजन कन्सन्ट्रेटर र १०/१० थान अक्सिमिटर प्रदान गरिएको संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले बताए ।

बेलायतको नेपाली समुदायले नेपालकै लागि गरिरहेको सहयोगलाई समन्वयकारी भूमिका निर्वाह गरिरहेको नेपाली राजदूतावास लण्डनमार्फत समाजले पठाउन खोजेको २० थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान अक्सिमिटर बेलायतबाट नेपाल पठाउने प्रबन्ध मिलाउने अध्यक्ष राईले जानकारी दिए । राजधानीबाट इलामसम्म पु¥याएर वितरण गर्ने जिम्मा भने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले लिएका छन् ।

जिल्लामा आइपर्ने विभिन्न दैवीप्रकोपदेखि सीमान्तकृत परिवारलाई आर्थिक एंव अन्य सामग्री सहयोग गर्दै आएको समाजले बेलायतमा छुट्टै परिचय बनाएको छ । परोपकारी कामबाहेक जिल्लालाई पर्यटकीय स्थलका रूपमा परिचित गराउन ‘इलाम हाम्रो पहिचान’ नामक जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थल र सम्पदा अनि विशेष व्यक्तित्वहरुलाई समेटेर वृत्तचित्रसमेत तयार पारेको राईले बताए ।

उनले भने, “दश÷दश शय्याको आइसोलेशन जुफाल र दुनैमा नगरले स्थापना गरेको छ । जनता जोगाएमा मात्र खास सेवा हुने भएकोले अब हाम्रो ध्यान त्यतातिर केन्द्रीत छ ।” यी आइसोलेशन केन्द्रमा बिरामीको अवस्था हेरेर ल्याई उपचार गर्ने व्यवस्था नगरले गरेको । त्यस्तै सबै पालिका मिलेर दुनैमा १५ शय्याको आइसोलेशन केन्द्रको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?