काठमाडौं । नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ ।
बुधवार भर्चुअल रुपमा बसेको पौडेल पक्षको बैठकले महाधिवेशनको लागि तोकिएको मिति भदौ ७ – १० मै १४ औं महाधिवेशन सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको हो ।
विधान अनुसार नेपाली कांग्रेसको महाधिवेशन १६ महिना अघि नै हुनुपर्ने भएपनि एक वर्ष समय थप गरिएको थियो । संविधान अनुसार कांग्रेसको महाधिवेशन निर्धारित समयमै सक्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।
कोरोना कहरका कारण निर्धारित मितिमा महाधिवेशन नहुने हो कि भन्ने चिन्ता र चासो आम पार्टी पंक्तिलाई रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया