काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजना समेटिएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गरिनेछ भन्नु खुल्लम खुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा भएको उनले बताए । उनले आधा भन्दा बढी नागरिकको बसोबास तराई क्षेत्रमा रहेको भन्दै त्यस क्षेत्रको जीवन नै चुरे क्षेत्रमा निर्भर रहेको उल्लेख गरे । चुरे मासेर ढुंगा, गिट्टी र वालुवा निर्यात गरि व्यापार घाटा कम गर्ने योजना गम्भिर रहेको उनको भनाई छ ।
‘यो खुल्लम खुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो ।’ नेता नेपालले भने, ‘आधा भन्दा बढी नागरिकको बसोबास रहेको तराई क्षेत्रको जीवन र शिवालिक सभ्यता नै चुरे क्षेत्रमा निर्भर छ । त्यहि चुरे मासेर ढुंगा, गिट्टी र वालुवा निर्यात गरि व्यापार घाटा कम गर्ने योजना गम्भिर छ ।’
नेता नेपालले चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना जनघाती भएको भन्दै यस्तो देश हित विपरितको र जनघाती निर्णय तत्काल सच्याउन माग समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया