‘ओली सरकारको छलाङ, राष्ट्रियतामा भ्वाङ’ भन्दै सिरहामा प्रदर्शन

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले सिरहामा सरकारको ढुंगा, बालुवा, गिट्टी लगायत नदिजन्य वस्तुको निर्यात गरि व्यापार घाटा न्यूनिकरण गर्ने कार्यक्रमप्रति विरोध जनाएको छ ।

नेविसंघका निवर्तमान उपाध्यक्ष संजयकुमार यादवको नेतृत्वमा भएको विरोध प्रदर्शनमा सरकारको उक्त कार्यक्रम राष्ट्रघाती भएको भन्दै चर्को नाराबाजी गरिएको छ ।

व्यापार घाटाको नाममा सरकारले चोरबाटोबाट तराई(मधेस र समग्र नेपालको रक्षकका रुपमा रहेका चुरे क्षेत्रलाई दोहन गर्न लागेको आरोप लगाएको छ ।

ढुङ्गा, गिट्टी र बालुवा निर्यात-निकासी गरेर तराईरमधेसलाई मरुभूमिमा परिणत गर्ने गरि बजेट वक्तव्यको बुँदा नं १९९ मा जालसाजी गरिएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले ‘ओली सरकारको छलाङ, राष्ट्रियतामा भ्वाङ’, ‘देश बन्दैन बालुवा गिट्टी बेचेर, पानी पिउँछौ कम्युनिष्ट सरकार फेरेर’ लगायतका नाराहरु लेखिएको पम्पलेटहरु लिएर नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?