हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
49
Shares

१.काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि १० दिन थपियो,जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने तीनवटै जिल्ला प्रशासनको निर्णय ।

२. बुधबार नेपालमा कोरोनाका ५ हजार ३ सय १६ जना नयाँ संक्रमित थपिए,पछिल्लो २४ घण्टामा १ सय १ जनाको मृत्यु ।

३. तत्कालीन राजा वीरेन्द्रको वंश नाश हुने गरि भएको नारायणहिटी दरवार हत्याकाण्डको आज २० वर्ष पुग्यो,घटना अझै रहस्यमै ।

४.आज स्थगित सत्तारुढ एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने,बैठकमा पार्टीको आन्तरिक कलहका विषयमा छलफल हुने

५. निर्वाचन आयोगले जसपा अध्यक्ष महन्थ ठाकुरसंग माग्यो केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर,एक अर्कालाई कारवाही गर्ने दुवै पक्षको दावी नपुगेको ठहर ।

६.बालुवा निकासी खोल्ने सरकारको निर्णयको कांग्रेस नेता गगन थापाद्वारा विरोध,देशको चुरे क्षेत्र तहस नहस पार्न खोजेको थापाको आरोप ।

७.भक्तपुरका पाँच विपक्षी गठबन्धन दलद्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र,कोरोना संक्रमितको निःशुल्क उपचार गर्न माग ।

८. मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारीद्वारा सरकारले बजेटमा ढुंगा गिटी निकासीमा जोड दिएकाप्रति असन्तुष्टि,सरकारको निर्णय राष्ट्रिय स्वतन्त्रता र जनहित विपरित ।

९.निषेधाज्ञा अन्त्य भएपछि नेपालमा रेल संचालनमा आउने सरकारी दावी,बजे कार्यान्वयनमा कार्ययोजना बनाउन शुरु भएको भौतिक पूर्वाधार मन्त्री नेम्वाङको भनाई ।

१०.कोरोनाका कारण नेपालका ७० प्रतिशत उद्योग प्रभावित, साँढे ६ प्रतिशत आर्थिक बृद्धि हासिल गर्न चुनौती ।

११.बुधवार शेयर बजारमा फेरि हरियाली,११ अर्व ३५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार

१२.विश्व स्वास्थ्य संगठनद्वारा कोरोना विरुद्धको चिनियाँ खोप सिनोभ्याक्सलाई आकस्मिक प्रयोगको मान्यता,खोप १८ वर्ष भन्दा माथिका व्यक्तिले लगाउन सक्ने ।

१३.भारतमा कोरोनाको दोस्रो लहरमा मात्रै ५ सय ९४ चिकित्सकको मृत्यु,मृत्यु हुनेमा राजधानी दिल्लीमा मात्रै १ सय ७ जना ।

१४. फिफा विश्वकप छनौट खेल अन्तर्गत भोलि नेपाल र चाइनीज ताइपेइ भिड्दै, जेठ २८ गते नेपालले अष्ट्रेलियाको सामना गर्ने

१५. अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ले एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढायो,सहभागी टिमको संख्या १० बाट १४ पुग्यो ।

https://www.facebook.com/lokpath/videos/511992726816205

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?