काठमाडौं । किष्ट शिक्षण अस्पतालले कोभिड–१९ का बिरामीहरुका लागि निशुल्क ओपीडी सेवा शुरु गरेको छ ।
अस्पतालले कोभिड ओपीडीमा बिरामीहरुका लागि क्लिनिकल परामर्श, आहार परामर्श र फिजियोथेरापीजस्ता सेवाहरुनिःशुल्कउपलब्ध गरेकोछ । साथै कोभिड विरामीहरुकालागिअन्य सेवाको परामर्श चाहिएमा आवश्यकता अनुसार निशुल्क रुपमा उपलब्ध गराउने जानकारी दिएको छ ।
सामान्य आर्थिक अवस्थातथाहोमआइसोलेसनमा बसेका विरामीहरुको लागि सहज रुपमाआएर जचाँउने व्यवस्थागरिरहेको अस्पतालको भनाई छ । विशेषज्ञ चिकित्सकहरुको टोलीले परामर्श रहने यस ओपीडी सेवाले बढी भन्दा बढीलाई परामर्श दिने विश्वास दिलाएकोछ ।
कोरोना संक्रमणको उउच्च मृत्युदर साथै संक्रमणमा भयावह स्थिति आउन नदिन बेलैमा उपचारको फाइदा उठाउन यस शिक्षण अस्पतालले सबै जनसमुदायलाई आग्रह गरेको छ ।
अस्पतालका अनुसार ओपीडी सेवा शनिवार बाहेक हरेक अन्य दिन बिहान १० बजे देखि १२ बजे सम्म संचालन रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया