शेयर बजारमा हरियाली : ११ अर्ब भन्दा बढीको कारोबार

लोकपथ
130
Shares

काठमाडौं । बुधवार नेपाली शेयर बजारमा हरियाली छाएको छ ।

आज शेयर बजार ५५.७६ अंकले वृद्धि भई २,८२७.१२ अंकमा पुगेर रोकिएको छ । बुधवार २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर किनबेच भएको छ भने ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३ सय ५६ रुपैँया बराबरको कारोबार भएको छ ।

आज म्युचुअल फण्ड बाहेकका सबै उपसमूहहरुको कारोबार बढेको छ । आज सबैभन्दा बढी फाइनान्स कम्पनीहरको कारोबार ७.९१ प्रतिशतले बढेको छ भने सबैभन्दा कम बैंकिङ क्षेत्रको ०.४८ प्रतिशतले कारोबार बढेको छ ।

आज राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेरको छ । आज यस कम्पनीको शेयरको कारोबार २३ हजार ५९४ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै,सानिमा माइ हाइड्रोको पनि शेयर मूल्य बढेर ५०६ रुपैयाँ पुगेको छ । त्यस्तै, पोखरा फाइनान्स,समृद्धि फाइनान्सको र मन्जुश्री फाइनान्सको शेयर मूल्यमा पनि बृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?