काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा मात्रै ९ सय ६९ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै भक्तपुरमा १ सय ८१ जना र ललितपुरमा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय १९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ७ हजार ५ सय ५५ जनाले ज्यान गुमाएक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया