नेपालमा कोरोना : ५ हजार ३ सय १६ जनामा संक्रमण, ७२ सय बढी संक्रमणमुक्त

लोकपथ
112
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाबाट १३ हजार ८ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५सय २४ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ हो । पछिल्लो २४ घण्टामा परीक्षण गरिएकोमध्ये ३२ दशमलव ७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप १०१ जनाको मृत्यु भएको छ ।

देशभरबाट ७ हजार २ सय १९ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८० दशमलव ८ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ९ सय ६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?