काठमाडौं । काठमाडौं उपत्यकामा थप ११ दिन निषेधाज्ञा लक्ब्याइएको छ । आज बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केहि खुकुलो बनाउँदै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
जसअनुसार जेठ २० गते विहीवार (भोलि) राति १२ बजेसम्मका लागि तोकिएको निषेधाज्ञा आगामी जेठ ३१ गतेसम्मका लागि लक्ब्याइएको छ ।
जसअनुसार तरकारी, फलफूल, खाद्यन्न, दूग्धजन्य पदार्थ लगायतका वस्तुहरु बोक्ने राति ९ बजेदेखि बिहान ९ बजेसम्म न्यूनतम मापदण्ड अपनाएर सिमिति जनशक्ति प्रयोग गरि सञ्चालन गर्न पाइने छ ।
कोरोनाको जोखिम बढेसँगै गत जेठ १४ गतेबाट २० गतेसम्म निषेधाज्ञा कडा पारिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया