काठमाडौं । केही दिनयतादेखि भइरहेको लगातारको वर्षातका कारण डोटीका विभिन्न स्थानमा क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वर्षातका कारण पहिराले डोटीका विभिन्न ठाउँमा रहेका ग्रामीण सडक, कुलादेखि विद्यालयमा समेत क्षति पुर्याएका निवेदन दर्ता हुने क्रम बढेको छ । वर्सातका कारण यहाँका विपीनगर गड्सेरा, सायल, आदर्श, मुडभारा सडकमा चिरा पर्नाका साथै सडकसमेत भत्किएको बताइएको छ ।
समयमै मर्मतसम्भार नगरिए गाउँमा सडकमा सवारी साधन चलाउन नसकिने अवस्थामा भएको गड्सेराका स्थानीयवासी लीलाधर विष्टले जानकारी दिए । यसै सिलसिलामा तीन-चार दिनदेखिको लगातारको वर्षातले बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माविमा समेत लाखौँको क्षति पुगेको छ ।
वर्षातले पर्खाल भत्किदा विद्यालयमा समेत क्षति पुगेको प्राचार्य इन्द्रबहादुर बमले बताए । उनले भने, “वर्षातले पर्खाल भत्काएको छ, विद्यालय भवनमा समेत चिरा परेको छ, विद्यार्थीलाई पढाउन समस्या हुने स्थिति आएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया